Logo
Logo

कांग्रेसको महाधिवेशन तीन महिना सर्‍याे



काठमाडौं । नेपाली कांग्रेको १४ औं महाधिवेशन सरेको छ । आज (शनिबार) बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन सार्ने निणर्य गरको हो ।

केन्द्रीय सदस्य मीन विश्वकर्मको अनुसार मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । यसअघि कांग्रेसले भदाै १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै आजको बसेको बैठकले भदाै दुई गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।

विश्वकर्मका अनुसार भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँरनगरपालिका, असोज १ मा प्रदेश क्षेत्र करख, असोज ५ मा संघीय निर्वाचन क्षेत्र, असोज १० मा जिल्ला, असोज १२ मा प्रदेश र मंसिर ९-१३ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी मिति तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्