Logo
Logo

रोटरियनहरु पहिला आफू बदलिनुपर्छ : रिजाल




काठमाडौं । रोटरी क्लव डिष्ट्रिक ३२९२ का डिष्ट्रिक मेम्बर कमिटी चेयर सुशील रिजालले आइतबार रोटरी क्लव अफ काठमाडौं वेष्टमा अन्तरक्रिया गरेका छन् ।

अन्तरक्रियाको क्रममा रिजालले रोटरी क्लवको ‘इन्जिन’ भनेको त्यसका सदस्यहरु भएको बताए । रोटरी क्लवको लक्ष्य पूरा गर्न सदस्य बृद्धिमा ध्यान दिन समेत उनले आग्रह गरेका छन् ।

‘इच वान ब्रिड वान’ रोटरीको नारा भएकाले हरेक सदस्यले एक–एक जना सदस्य थप्दै गयो भने लक्ष्यमा पुग्न सकिने रिजालको भनाइ थियो । उनले भने, ‘समाज बदल्न हिँडेका हामी रोटरियनहरु सबैभन्दा पहिला आफू बदलिनुपर्छ । र, नयाँ सोचका साथ अगाडि बढ्नुपर्छ ।’

रोटरीको उद्देश्य समाजसेवा भएकाले सबैभन्दा पहिले रोटरीले गरेका कामको समाजमा कस्तो प्रभाव परेको छ ? समाजले रोटरीलाई कसरी हेर्ने गरेको छ ? त्यसको मूल्याँकनको आधारमा रोटरियनहरुले आफ्नो कामहरु तय गर्नुपर्ने उनले बताए ।

रोटरी क्लवमा नयाँ युवालाई स्थान दिन ‘स्याटलाइट’ क्लवहरुको स्थापना गर्दै जानुपर्नेमा उनले जोड दिए । ‘स्याटलाइट’ क्लवबाट काम सिक्दै रोटरी क्लवमा ‘ज्वाइन’ गर्दा क्लव परिपक्व हुने उनको धारणा छ ।

देशभरका रोटरी क्लवहरुले कोभिड महामारीका बेला विभिन्न अस्पताल र आइसोलेशनहरुमा विभिन्न उपकरणहरु सहयोग गरेको बताउँदै कोभिड उपचार तथा नियन्त्रणमा रोटरियनहरुले खेलेको भूमिकाको उनले प्रशंसा गरे ।

काठमाडौं वेष्टका प्रेसिडेन्ट शारदाभक्त रञ्जितको अध्यक्षतामा बसेको बैठकमा एजी नारायणकृष्ण खरेल, ठमेल क्लवका पूर्व प्रेसिडेन्ड मधुसुधन आचार्य, स्वयम्भू क्लवका प्रेसिडेन्ट योगराज पोखरेल, सत्यन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो ।

सो समारोहमा बाह्रबिसेका मिर्गौलापीडित एक महिलाको उपचार खर्चवापत २५ हजार रुपैयाँ रोटरियन सुरज सोगाँछेले हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्