Logo
Logo

प्रचण्डका घरवेटीले नगरकोट सडक ७ वर्षमा पनि नवनाएपछि


- दृष्टि न्युज/संवाददाता



भक्तपुरको भत्केकोपाटी भन्ने स्थानवाट नगरकोट सम्म जाने ४० किमि लामो सडक दुई वर्षमा नै वनाउने सम्झौता गरी ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले लिएको थियो । तर ७ वर्ष भैसक्दा पनि केवल ४० किमिको सडक नवनाएपछि स्थानिय जनताले आन्दोलन गर्ने भएकाछन् ।

उक्त ठेकेदार कम्पनि प्रचण्डका घरवेटी शारदा अधिकारीको हो ।

केही समय अगाडि गृह मन्त्रालयले काम समय मै नगर्ने ठेकेदार कम्पनिहरुमाथि कारवाही गर्ने घोषणा गरेको थियो । तर प्रचण्डका नीज घरवेटी लगायत नेकपाका नेताहरु नजिकका यस्ता ठेकेदारहरुको दवाव सामु झुकेर सरकारले सो अभियान त्यतिकै वन्द गरेको थियो ।

भक्तपुरको नगरकोट पर्यटकिय स्थान हो । तर त्यहाँ जाने वाटो ७ वर्ष देखि अलपत्र छाडेपनि ठेकेदारलाई कुनै कारवाही भएको थिएन । अहिले स्थानिय जनताले संघर्ष समिति वनाएर आन्दोलन गर्ने घोषणा गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्