Logo
Logo

कर्णालीबाट एनपीएल खेल्न आइपुगे डेभिड मिलर


0
Shares

काठमाडौं । कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। ३७ वर्षीय मिलर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोट्र्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए ।

बाया हाते ब्याटर उनले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन् । भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रैलिग खेलेका छन्। कर्णाली याक्स स्पोट्स् प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताएका छन्।

कात्तिक ९ देखि काठमाडौँमा जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । जसमध्ये दुई खेल जितेको छ । टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले हराएको थियो। तेस्रो खेलमा भने काठमाडौँ गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो । कर्णालीले अब शुक्रबार सुदूपश्चिम रोयल्सँग खेल्दै छ । सो खेलमा डेभिड मिलर सहभागी हुनेछन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000