Logo
Logo

युवा संघद्वारा कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपाल वागमति प्रदेश कमिटिको आयोजनामा कोभिड १९ को डेल्टा भेरियन्टविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

युवा संघ नेपाल वागमति प्रदेश कमिटिको आयोजना तथा जिल्ला कमिटिको संयोजनमा उपत्यका लगाएत दशैवटा जिल्लाका सदरमुकामहरुमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निशुल्क रुपमा मास्क समेत वितरण गरिएको छ ।

युवासंघ नेपालका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख नितेश पौड्यालले काठमाडौंको रत्नपार्कमा एक कार्यक्रमका बीच उद्घाटन गर्दै जनचेतना कार्यक्रम काठमाडौंको ३ स्थान, ललितपुर, भक्तपुरका २÷२ स्थान र प्रदेशका सवै जिल्ला सदरमुकामहरुमा कोभिड सम्बन्धित सूचना प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भौतिकदुरी कायमगर्दै कोभिड १९ डेल्टा भेरियन्ट वाट जोगिन अनुरोध गर्दै मास्क लगाउन अनुरोध गरिनुका साथै मास्क समेत वितरण गरिएको युवासंघ नेपालका उप–महासचिव तथा प्रदेश कमिटी इन्चार्ज रोशन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्