Logo
Logo

देश छाड्न चाहनेलाई सहयोग गर्न नेपालको तालिबानसँग आग्रह



काठमाडौं । परराष्ट्र मन्त्रालयले तालिबानले कब्जा गरेको अफगानिस्तानमा रहेका विभिन्न देशका नागरिकलाई सुरक्षित ढंगले सीमा पार गर्न दिन आग्रह गरेको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै सरकारले तालिबानको नाम नलिई अफगानिस्तान छोड्न चाहने सम्पूर्ण व्यक्तिहरुलाई सुरक्षित रुपमा सीमा पार गर्न दिन आग्रह गरेको हो ।

व्यक्तिको जीवन र सम्पत्तिको सुरक्षा गर्ने स्थानमा रहेकाहरुले त्यसका लागि सहयोग गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ । ’अफगानिस्तान सार्क सदस्य राष्ट्र भएकाले नेपालले त्यहाँ जहिले पनि शान्ति र स्थायित्वको आशा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ’नेपाल जहिले पनि मित्रवत राष्ट्र अफगानिस्तानको समृद्धिको कामना गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्