Logo
Logo

पहिरोले नौबिसे-नागढुंगा सडकखण्ड अवरुद्ध



धादिङ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्