Logo
Logo

एनआरएन युरोप सहसंयोजकमा सागरको उम्मेदवारी



काठमाडौं । युरोपमा रहेर ब्यवसायसँगै समाजसेवामा सक्रिय सागर लामाले गैरआवासीय नेपाली संघ (एनआएनए) युरोपको सहसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

भुम्लु गाउँपालिका काभ्रेका सागर बेलायत हुँदै हाल आयरल्याण्डमा ह्याण्डिक्राफ्टको ब्यबसाय गर्छन् । उनी युरोपका स्थापित ब्यवसायी हुन् । कर्म थलोको रुपमा युरोप रोजेर विदेशी भूमिमा कर्म गरिरहेपनि आफ्नो जन्मथलो नेपालमा समाजसेवा गर्दै आएका छन् । लामाले आफु गैरआवासीय नेपाली संघमै बसेर काम गर्न इच्छुक रहेकाले उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्