Logo
Logo

काठमाण्डु गोर्खाजमा अनुबन्ध भएका केएस भरत एनपीएल खेल्न किन आएनन् ?


0
Shares

काठमाडौं । काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नआउने भएका छन् । काठमान्डु गोर्खाजले आज सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो ।

काठमान्डु गोर्खाजले भनेको छ, ‘व्यस्तताका कारण के.एस. भरत यस सिजनमा हामीसँग जोडिने छैनन् । हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौं ।’

३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन् । भरतले टी–२० क्रिकेटमा ९१ खेल खेल्दै १ हजार ८ सयभन्दा बढी रन बनाएका छन् ।

विकेटकिपिङसँगै मध्यक्रममा उपयोगी ब्याटिङ गर्न सक्ने भरत सन् २०२४ को आईपीएल उपाधि जितेको कोलकाता नाइट राइडर्स टोलीको समेत सदस्य थिए । काठमाडौं गोर्खाजले उनलाई एनपीएल तेस्रो सिजनका लागि टोलीमा अनुबन्ध गरेको जानकारी गत भदौ पहिलो साता दिएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000