
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा आज बिहान मात्रै काठमाडौं ओर्लिएका मिस्रीले उच्चस्तरीय भेटघाट सुरु गरेका हुन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने लगायतका विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
‘भेटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ,’ मन्त्रालयले भनेको छ ।
मन्त्रालयका अनुसार दुई पक्षबीच आपसी सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा विदेश सचिव मिश्री आज बिहान काठमाडौं आएका छन् ।
















