Logo
Logo

माधव समूहको पार्टी ‘नेकपा एकीकृत समाजवादी’



काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष नेतृत्वको पार्टीको नाम फेरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले (समाजवादी) राखिएकोमा अब नेकपा एकिकृत समाजवादी पार्टी हुने भएको छ ।

यसअघि गत बुधबार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्दै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए ।

यसैगरी ९५ सदस्सीय केन्द्रीय सदस्य राखिएकोमा त्यसलाई बढाएर ११५ पुर्याइएको नेता नागेन्द्र चौधरीले बताए । दल दर्तापश्चात हुने राष्ट्रियभेलाबाट केन्द्रीय सदस्यको संख्या अझै बढन सक्ने उनले बताए । विभिन्न कलष्टरहरु रहेको र त्यसअनुसार पालना गर्नुपर्ने भएकाले संख्या बढन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्