काठमाडौं , ५ वैशाख ।
संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

बुधबार दिउँसो थपलियाको सुनुवाइ भएको थियो। सुनुवाइपछि समितिले थपलियालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
बुधवार संसदीय विशेष समितिमा उपस्थित भएका थपलियाले आफू प्रमुख निर्वाचन आयुक्त भएदेखि ३ महिनाभित्र उपचुनाव गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सुनुवाई समितिको विश्वास र गरिमामाथि आँच नआउने गरी काम गर्ने थपलियाले बताएका छन् ।
बुधवारकै संसदीय सुनुवाई विशेष समितिले समावेशी आयोगको प्रमुखमा विष्णुमाया ओझालाई अनुमोदन गरेको छ ।














