Logo
Logo

आर्सनलमाथि म्यानचेस्टर सिटीको सानदार जित



एजेन्सी । साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले आर्सनललाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई सानदार जित दिलाउनको लागि टोरेसले दुई गोल गरे भने इल्काए गुन्डोगान, गाब्रियल जेसस र रोड्रीले समान एक एक गोल गरे । सिटीले पहिलो हाफमा तीन गोर गर्यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

खेल सुरु भएको सातौैं मिनेटमै गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको १२औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

३५औं मिनेटमा ग्रानिट झाका सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल थप दवावमा आएको थियो । जोओ क्यान्ससेलोमाथि फल गरेपछि रेफ्रीले झाकालाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

४३औं मिनेटमा ब्राजिली गाब्रियल जेससले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । उनले ज्याक ग्रेलिसको पासमा सहज गोल गरेका थिए ।

५३औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । उनले फेरान टोरेसको पासमा गोल गरेका थिए । टोरेसले ८४ औं मिनेटमा माहरेजको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को सानदार जित दिलाएका थिए ।

प्रिमियर लिगमा सिटीको यो दोस्रो जित हो । पहिलो खेलमा टोटेनहमसँग १–० ले पराजित भएको सिटीले दोस्रो खेलमा नर्विच सिटीमाथि ५–० को सानदार जित निकालेको थियो । यो जितसँगै सिटीको तीन खेलबाट ६ अंक पुगेको छ । आर्सनलले लगातार तेस्रो खेलमा गोल गर्न नसक्दा अंकविहिन नै रहयो ।

प्रतिक्रिया दिनुहोस्