Logo
Logo

विदेशवाट फर्केका १९ हजारले आवेदन दिए, एक जनाले पनि ऋण पाएनन्


- दृष्टि न्युज/संवाददाता



गत पुषमा सरकारले विदेशवाट फर्केकालाई सहुलियतमा ऋण दिने घोषणा ग¥यो । विना धितो तथा सहुलियत व्याज दरमा ऋण पाइने घोषणा सरकारले गरेको थियो । करीव १९ हजार युवाहरुले आफुले गर्ने व्यवसायको योजना र विदेशवाट फर्केको कागजपत्र सहित वैदेशिक रोजगार प्रवद्र्धन वोर्डमा निवेदन दिए । तर अहिले सम्म एक जनाले पनि ऋण पाएका छैनन् ।

ती युवाहरु दिनभरी लाइन वसेर निवेदन वुझाएका थिए । तर अहिले सरकारले निराशा मात्रै दियो ।

वोर्डले श्रम मन्त्रालयमा सूचि वुझाएको वताउँछ । श्रम मन्त्रालयले अर्थ मन्त्रालयमा बुझाएको वताउँछ । युवाहरुको निवेदन भने गोल गोल घुमिरहेकोछ — ओली सरकारका विभिन्न टेवलहरुमा ।

अर्थ मन्त्रालयले राष्ट्र बैंकमा निवेदनहरु पठाउँछ भन्ने समाचारमा भनिएकोछ । अनि फेरी राष्ट्र वैंकले अरु वैंकहरुलाई पठाउँछ । यसरी नै घुमिरहनेछ ।

तर राष्ट्र वैंकका पं्रवक्ताले वैंकहरु लगानी गर्न इच्छुक नदेखिएको वताएको कुरा समाचारमा जनाइएकोछ । यसको अर्थ हो यो सरकार युवाहरुलाइ झुक्याउन मात्र जानेकोछ । अकूत नाफा कमाइरहेका वैंकहरुलाई सरकारको नीति अनुसार लगानी गर्न वाध्य पार्न नालायक भएकोछ ।

यो गर्नै पर्ने काम हो कम्युनिष्ट भनिएको सरकारले । तर गर्न असक्षम भएको छ । कुरा ठुला गर्ने तर काम नगर्ने, यही विशेषता भएकोछ ओली सरकारको ।

ओली सरकारले आँखामा पूर्वाग्रहको पट्टी खोलेर यस्ता समाचार पढ्नु पर्ने हो । तर सरकारलाई लाखौं युृवाहरुको रोजगारीको मतलव छैन ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्