Logo
Logo

सत्तारुढ गठबन्धनबीच छलफलदेखि सभामुखमाथि ओलीको आरोपै आरोपसम्म



हेडलाइन्स् :

१. एमालेको विरोधका बीच पनि सभामुख अग्नि सापकोटाले अघि बढाए संसदको कारवाही, अर्थमन्त्री जनार्दन शर्माद्वारा ‘विनियोजन विधेयक २०७८’ लाई विचार गरियोस् भन्ने प्रस्ताव पेस, विरोधका बीच प्रस्ताव संसदबाट स्वीकृत, २०४८ सालमा राष्ट्रियसभामा मनोनीत सदस्य रुक्मशमशेर जबरा र २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सदस्य भएका मानबहादुर महतोको निधनप्रति पेस गरेको शोकप्रस्ताव पारित गर्दै बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित ।

२. मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता, बैठकमा मन्त्रिपरिषद् विस्तार, संसदमा जारी प्रतिपक्षी दलको अवरोध र प्रतिस्थापन विधेयकको प्रक्रिया अगाडि नबढ्दा सरकारी खर्च कसरी चलाउने भन्ने विषयमा छलफल ।

३. सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, एमालेलाई विभाजनको खासै असर नपरेकोको ओलीको तर्क, माधव नेपाल कमरेड नभएको र प्रचण्ड धोकेबाज भएको ओलीको आरोप, आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको दावी ।

४. नेकपा (माओवादी केन्द्र) द्वारा पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मको आन्तरिक निर्वाचनका लागि विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन, आयोगलाई आफ्नो नियमावली र निर्देशिकालगायतका कुरा बनाउने जिम्मा दिइयो, आयोगले पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मका पार्टीका निर्वाचन गराउने, भाषा र केही हेरफेर गर्नुपर्ने भएमा गर्ने र राष्ट्रिय सम्मेलनबाट पारित गर्ने गरी विधानको टुंगो लगाइयो, माओवादीसँग एकता गरेका विभिन्न पार्टी र नेताहरूको जिम्मेवारी कुन तहमा कसरी गर्ने भन्ने तय गर्न गठित कार्यदलको समय थप, प्रदेश समितिका पदाधिकारी बारेमा थप गृहकार्य गरेर निर्णय लिइने ।

५. पछिल्लो २४ घण्टामा १ हजार १ सय ८० जनामा कोरोना संक्रमण, १० हजार २६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी, २४ घण्टामा १ हजार ५ सय ८९ जना संक्रमणमुक्त, १९ जना संक्रमितको मृत्यु, देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ पुग्यो, हालसम्म नेपालमा कोरोनाबाट ७ लाख ७९ हजार ४९२ जनामा संक्रमण ।

६. नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन, दलको नेताका लागि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र प्रदेशसभा सदस्य तारालामा तामाङ आकांक्षी देखिएपनि नेकपा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहको उपस्थितिमा बसेको बैठकले सोडारीलाई सर्वसम्मत चयन, बैठकबाट संसदीय दलको विधान समेत पारित, प्रमुख सचेतक, सचेतक लगायतका पदाधिकारी भने अर्को बैठकले चयन गर्ने ।

७. लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाए, मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पपाए, अब बन्ने मन्त्रीहरुमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन जना मन्त्री र एकएकजना राज्यमन्त्री नियुक्त गर्ने सहमति ।

८. १८ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बमा सीमित, आन्तरिक राजस्व विभागद्वारा नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गर्ने वेस्टर्न लिकरलाई ५३ करोड जरीवाना माग, नेपाल पुनर्बीमा कम्पनीको लगानी १७ अर्ब नजिक, ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा, तरलता अभावले छट्पटाउन थाले बैंक, दैनिक रुपमा अर्बौं सापटी लिन थाले, दसैंको सामान ल्याउनका लागि ऋणको माग गर्ने ह्वात्तै बढे, शेयर किन्नका लागि बैंकबाट ऋण लिने भने घटे ।

९. दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको विभत्स हत्या, हत्या आशङ्कामा दुई जनालाई अनुसन्धानका लागि पक्रउ, पक्राउ गरिएकालाई दैलेख सदरमुकाम पु–याइएको प्रहरीको भनाइ, उनीहरूको नाम भने गोप्य ।

१०.र, अफगानिस्तानको पञ्जशीर प्रान्तमा तालिवान र विद्रोहीबीच संघर्ष, २० सर्वसाधारण मारिए, कावुल विमानस्थलको जिम्मेवारी तत्काल नलिने कतारको घोषणा, चीनको दक्षिणपूर्वी प्रान्त फुजियानमा कोभिड– १९ संक्रमण दुई गुणाले वृद्धि, उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेपछि अमेरिकाद्वारा उत्तर कोरियासँग वार्ता गर्ने इच्छा प्रकट, ढोका बन्द नभएको दियो प्रतिक्रिया, नर्वेमा वामपन्थी लेबर गठबन्धन भारी मतसहित विजयी ।

प्रतिक्रिया दिनुहोस्