
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक एक दिन अघि सरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले मंसिर ५ गते तय भएको केन्द्रीय कमिटी बैठक मंसिर ४ गतेलाई सारेको हो ।
त्यस्तै बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाका एजेण्डामाथि छलफल भएको छ । बैठकले राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान नेपालको राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने प्रस्तुत गर्ने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
त्यस्तै वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राजनीतिबारे कार्यपत्र तथा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षबारे कार्यपत्र प्रस्तुत गर्नेछिन् ।
त्यस्तै अर्का उपाध्यक्ष विष्णु पौडेलले एमालेको सरकारको कार्यकालमा गरेका विकासका कामहरूबारे तथ्यांकसहित कार्यपत्र र महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण तथा शुद्धीकरणसम्बन्धी कार्यपत्र पेस गर्नेछन् । निर्वाचनको तयारी र पार्टी सङ्गठनलाई परिचालन गर्न भेला आयोजना गरेको एमालेले जनाएको छ ।


















