काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमयिर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्सविरुद्ध १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले लुम्बिनीविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रनको योगफल खडा गरेको हो ।
टिमको स्कोर ८ रन हुँदा चौथो ओभरमै क्रिजमा पुगेका दीपेन्द्रले इशान पाण्डेसँग मिलेर अर्धशतकीय साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।
यो जोडीले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरे । इशान पाण्डेले २७ रन योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यस सिजन पहिलो खेल खेलिरहेका स्टकिस ओपनर जर्ज मन्से खेलको पहिलो बलमै आउट हुँदा सुदूरपश्चिमको सुरुवात नै खराब रह्यो । यस्तै पहिलो खेल खेलिरहेका अर्का खेलाढी तानुका दबारे नि तेस्रो ओभरमा ट्रम्पलम्यानकै बलमा विकेटकिपर निरोशन डिकवेलाबाट क्याचआउट भए ।
रुबेन ट्रमपल्मयानले पहिलो स्पेलमै ३ ओभर बलिङ गर्दा ७ रनमात्र खर्चेर २ विकेट लिएका थिए । त्यसपछि अभिशेष गौतमले ओपनर विनोद भण्डारीलाई निरोशान डिकवेलाबाटै स्टम्प पछाडी क्याच आउट गराए ।
३.१ ओभरमा ८-३ को अवस्थामा पुगेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डे ६४ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।
तर इशान १५औं ओभरको पहिलो बलमा इशान रनआउट भएपछि सुदूरपश्चिमले चौथो विकेट गुमायो । इशानले ३३ बल खेल्दै ३ चौका मदतमा २७ रन बनाए ।
त्यसपछि आएका थरिन्दु रत्नायकेलाई १६औं ओभको पहिलो बलमै शेरल मल्ले बोल्ड गरे । आरिफ शेख ६ बलमा ४ रन बनाएर आउट भए । आरिफलाई शेर मल्ले डार्शी सर्टबाट क्याचआउट गराए ।
एक छेउ सम्हालिरहेका कप्तान दीपेन्द्र पनि अन्तिम ओभरको दोस्रो बलमा आउट भए । उनलाई किशोर महतोले डार्शी सटबाट क्याचआउट गराए । स्कट कुगेलेइन ७ रन बनाएर अन्तिम बलमा रनआउट भए । अनिल खरेल २ रनमा अविजित रहे ।
लुम्बिनीका लागि ट्रम्पलम्यानले ४ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए । शेर मल्लले पनि २ विकेट लिए । किशोर महतो र अभिशेष गौतमले १-१ विकेट लिए । सुदूरपश्चिमका दुई खेलाडी रनआउट भए ।


















