काठमाडौं । सरकारले भाटभटेनी सुपरमार्केट प्रालिलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले सम्मान गरेको हो ।

प्रतिकूल परिस्थितिमा पनि उदाहरणीय व्यवसाय गरेको भन्दै कर दिवसमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीका सञ्चालक सावित्री गुरुङलाई सम्मान गरेका हुन् । यसअघि वस्तु तथा व्यापारतर्फ सबैभन्दा बढी कर बुझाएको भाटभटेनीलाई सरकारले निरन्तर सम्मान गर्दै आएको थियो ।
यस वर्ष विशेष सम्मान प्रदान गरेको जनाएको छ । भाटभटेनीले यसवर्ष पनि एक अर्बभन्दा बढी भ्याट र आयकर बुझाएको जनाएको छ । गतवर्ष भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका कम्तिमा पनि १२ स्टोरमा पूर्ण आगजनी गरिएको थियो भने त्यतिकै संख्यामा तोडफोड र लुटपाट गरिएको थियो ।
भाटभटेनीले आगजनी गरिएका र तोडफोड गरिएका सबैजसो स्टोर सञ्चालनमा ल्याइसकेको छ ।


















