Logo
Logo

निल्नु न ओकल्नु चिनियाँ जहाज, एक वर्षमा साढे ६० करोड घाटा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १२ वैशाख ।

आन्तरिक उडान प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन्।

महालेखा परीक्षाको कार्यालयको प्रतिवेनअनुसार आर्थिक वर्ष २०७५र७६ सालमा चिनियाँ जहाजले यो रकम बराबरको नोक्सान गराएका हुन् भन्ने त्यस्तै चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्‍एर्याको प्रतिवेदनमा उल्लेख छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

छैनन् पाइलट निगमको जहाज उडानका लागि भर्खरै ५० पाइलटको माग भएको भए पनि २६ जनाले मात्रै आवेदन दिएका छन्। यिनैमध्ये केहीलाई छानेर चिनियाँ जहाज उडाउन लगाउने निगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्