Logo
Logo

श्रमिकलाई काममा लगाएपछि उचित ज्याला दिनुहोस् : अर्थमन्त्री शर्मा



ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।

नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचौँ अधिवेशनलाई उद्घाटन गर्दै उनले श्रमिकलाई काममा लगाएपछि उनीहरुले पाउने उचित ज्याला अनिवार्य रुपमा दिन निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘असल कामदार बिनाको काम सम्पन्न गर्न निकै चुनौती हुने भएकाले तपाईहरु उहाँहरुको सम्मान गर्दै अघि बढ्नुपर्ने र यस क्षेत्रको समस्या समाधानका लागि निर्माण व्यवसायीको आचारसंहिता निर्माण गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्