Logo
Logo

नेपाल फिलिपिन्ससँग पराजित



काठमाडौं । एएफसी महिला एसियान कप छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो ।

सुरुवाती अग्रत लिएपनि अन्तिम समयमा लगातार दुई गोल खाएपछि नेपाल पराजित हुन पुग्यो । नेपालको लागि विमला चौधरीले गरेको गोल सान्त्वना बन्यो ।

खेलको दशैँ मिनेटमा चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफमै घाइते भएपछि उनले ३९ अ‍ौं मिनेटमा मैदान छाडिन् ।

नेपालले खेलको ९० अ‍ौं र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल खाएपछि पराजित हुन पुग्यो । यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्