Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : संविधान दिवसदेखि एकीकृत समाजवदी सरकारमा सहभागी हुनेसम्म



हेडलाइन्स्

१. विभिन्न कार्यक्रम गरी सातौँ संविधान दिवस मनाइयो, जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको धारण, राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने जोड, संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै कार्यान्वयनमा सहजता आउने सभामुख अग्निप्रसाद सापकोटाको भनाइ ।

२ राष्ट्रपति विद्यादेवी भण्डारी र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानमाथि सबैभन्दा बढी हमला भएको पूर्वराष्ट्रपति डा. रामवरण यादवको भनाइ, संविधानको रक्षा एवं संरक्षणका लागि मिडिया, नागरिक समाज, चेतनशील नेपाली नागरिक, बुद्धिजीवी लगायतका सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारण व्यक्त, सबै निकायमा सक्षम, निष्पक्ष, तटस्थ र नयाँ सोंच भएका व्यक्तिहरूको चयन हुनुपर्ने भनाइ ।

३. नेकपा (एकीकृत समाजवादी) पार्टी एक हप्ताभित्रमा सरकारमा सहभागी हुने, क्षमता हुनेहरुलाई मात्रै काम गर्न पठाउने अध्यक्ष माधवकुमार नेपालको भनाइ, प्रदेश–१ र बागमती प्रदेशमा केपी ओलीका प्युसोहरुको सरकार ढालेर आफ्नो सरकार भनाइ, प्रचार गरिएजस्तो माओवादी केन्द्रसँग पार्टी एकता नहुने, एकीकृत समाजवादीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरपालिका कमिटीको कार्यालय स्थापना ।

४. नेकपा एमालेको १०औं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै रहने, पोलिट्ब्यूरो संरचना हटाउने प्रस्ताव, साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अभ्यास गरेको सचिवालय समिति बनाइने, ३५ सदस्यीय स्थायी कमिटी रखिने, केन्द्रीय कमिटीको संख्या २२५ सदस्यीय पुर्याइने, तीन जना मात्रै उपाध्यक्ष रहने, सचिवको संख्या भने सात पुर्याइने ।

५. संविधानले गरेको मार्गदर्शन अनुरूप देशको समृद्धि र जनताको सुख, राष्ट्रिय आकांक्षा प्राप्तिका लागि विकासको गतिलाई तीब्रता दिन सबैले नेतृत्वदायी भूमिका खेल्न आवश्यक रहेको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ, संविधान मुलुकको राजनीतिक प्रणाली व्यवस्थित गर्ने दस्तावेज मात्र नभएर लोकतन्त्र प्रतिको अविचल निष्ठा र विश्वासलाई संविधानले आत्मसात गरेको धारणा ।

फाइल फोटो

६. संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जना अनुसन्धानमा तानिए, घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशंकमा अनुसन्धान सुरु गरेको प्रदेश नं–१ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईको भनाइ, नियन्त्रणमा लिएको चार जनामाथि अनुसन्धान सुरु ।

७. राष्ट्र, गणतन्त्र र संविधान विरोधीहरूको षडयन्त्रलाई परास्त गर्नका लागि पनि माओवादी शक्तिहरू एक हुनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाइ, विगतका माओवादी आन्दोलनमा रहेका सबैलाई एउटै केन्द्रमा आउने दाबी, माओवादी आन्दोलन र यसले उठाएका एजेन्डाहरूलाई राष्ट्रिय रूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने रूपमा विकास गर्ने अवसर आएको धारण व्यक्त ।

८. मुख्यमन्त्री भीम आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत नलिए चुप लागेर नबस्ने प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको चेतावनी, विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत भएको दाबी अविश्वासको प्रस्तावसम्म अघि बढाउने निर्णय गरिसकेको भनाइ, मुख्यमन्त्री आचार्यले राजीनामा दिनएर मार्गप्रसस्त गर्नु नै उत्तम हुने आङ्बोको सुझाव ।

९. एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन फुट्यो, एक पक्षले अर्कोलाई कारबाही गरी आफूलाई आधिकारिक घोषणा, अध्यक्ष केदार देवकोटा लगायतलाई कारबाही गरेर महासचिव रेवन्त गौतमलाई अध्यक्ष भएको घोषणा, आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा मोहन घिमिरेलाई पठाउने निर्णय, केदार देवकोटा पक्षले भने आधिकारीक ट्रेड यूनियनबाट सबैलाई फिर्ता बोलाएर नयाँ पठाउने ।


१०. अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग चीनको आग्रह, अहिले अफगानिस्तानलाई मानवीय सहयताको खाँचो रहेको चीनको भनाइ, अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरुको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समूदायले सहयोग पु¥याउनु पर्ने धारणा, चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप दिइयो, खोप लगाउनको संख्या एक अर्ब १० करोड पुगेको चिँनिया स्वास्थ्य मन्त्रालयको तथ्याङ्क ।

प्रतिक्रिया दिनुहोस्