Logo
Logo

नेकपा एस र जीवन राईबीच चुनाव चिन्हबारे छलफल



काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच एकीकरण हुने भएको छ । नेकपा एसका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष जीवन राईसमक्ष पार्टी एकताको प्रस्ताव राखेका थिए ।

नेकपा एमाले विवादको बेला माधव नेपाल समूहमा रहेका राईले त्यसबेला नेपालसहितका नेताहरुकै सल्लाहमा निर्वाचन आयोगमा नेकपा एकीकृत पार्टी दर्ता गराएका हुन् । जसको चुनाव चिन्ह कलम राखिएको छ ।

नेमपा एसका अध्यक्ष माधव नेपाल निकट नेता खिमलाल देवकोटा यस अघिको राष्ट्रियसभाको उपनिर्वाचनमा कलम चिन्हबाट स्वतन्त्र उम्मेदवार थिए ।

यता नाम समेत परिमार्जन गर्ने प्रस्ताव आएको बताइएको छ । यो विषयमा छलफल भइरहेको नेकपा एसका केन्द्रीय नेता राजेन्द्र राईले बताए ।
अहिले नेकपा एसको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । जहाँ, चुनाव चिह्न के राख्ने भन्ने विषयमा छलफल हुने अनेरास्ववियुका नेता अशोक थापाले बताए । थापाका अनुसार जीवन राईलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिन नेताहरुबीच छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्