Logo
Logo

कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी



कठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ । लमाो सयमदेखि धर्ना दिइरहेका सर्लाहीका कार्यकर्ताहरुले बिहीबार नाराबाजी गरेका हुन् । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यको नामावली काटेर केन्द्रबाट थप गरिएको भन्दै उनीहरुले धर्ना दिइरहेका छन् ।

सर्लाहीका प्रदेश सांसद तथा मन्त्री वीरेन्द्र सिंहले आफूहरुमाथि दुर्व्यवहार गरेका बताएका छन् । धर्नामा बसेका कार्यकर्तालाई दुर्व्यवहार गरिएको भन्दै ऐक्यवद्धता जनाउन कांग्रेस नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, अमरेशकुमार सिंह पुगेका थिए । सर्लाहीको क्रियाशील सदस्यताका विषयमा संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद छ । पौडेल पक्षले धर्नालाई समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्