Logo
Logo

सशस्त्रका दश डिआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)



काठमाडौं । सशस्त्र प्रहरीका डिआईजीहरुको काज सरुवा गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँडले बिहीबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीहरुको सरुवा गरेका हुन् ।

गणेश ठाडा, डिआईजी

सरुवा हुनेमा डिआईजीहरु राजु अर्याल र नारयण दत्त पौडेल, मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय, चन्द्र प्रकाश गौतम कार्य तथा सीमा सुरक्षा विभाग, सशस्त्र प्रहरीबल प्रधान कार्यालय, कमल गिरि नं १ बाहिनी (प्रदेश नम्बर १), गणेश ठाडा मगर नं २ बाहिनी (प्रदेश नम्बर २), किशोर प्रधान नं ३ बाहिनी (बागमती प्रदेश), शम्भु सुवेदी नं ४ बाहिनी (गण्डकी प्रदेश), कुलबहादुर नेम्बाङ नं ५ बाहिनी (लुम्बिनी प्रदेश) दुर्गा भट्टराई नं ७ बाहिनी (सुदूरपश्चिम प्रदेश) र वंशि दाहाल ९ नम्बर बाहिनी रहेका छन् ।

यस्तै, प्रहरी महानिरीक्षकको सचिवालयमा मन्दीप श्रेष्ठको सरुवा भएको छ भने डिआईजी अभिकुमार खत्रीलाई नं ६ बाहिनी (कर्णाली प्रदेश) सुर्खेतमै यथावत राखिएको छ ।

सशस्त्र प्रहरीमा सामान्यतया असारमा सरुवा हुने प्रचलन रहेपनि यस पटक सरकार परिवर्तनका कारण तीन महिना ढिलो सरुवा गरिएको छ । डिआईजीहरुको सरुवा सामान्यतया १ वर्षपछि हुने र कमाण्डबाट कमाण्डमा सरुवा नगर्ने प्रचलन भएपनि यस पटक बंशिराज दाहाल (प्रदेश नम्बर १)बाट र किशोर प्रधान (लुम्बिनी प्रदेश) बाट क्रमशः बागमती प्रदेश र उपत्यका बाहिनीमा सरुवा गरिएको छ ।

उनीहरुबाहेक गत वर्ष पदोन्नती भएका ६ जनामध्ये हालको नियमले भविष्यको प्रमुख हेरिएको कमल गिरि र गणेश ठाडा मगर क्रमशः प्रदेश नम्बर १ र प्रदेश नम्बर २ को कमाण्डको जिम्मेवारी दिइएको छ । सो ब्याचका अरु ४ जना भने प्रहरी सहायक निरीक्षकबाट सेवा सुरु गरेकाले ३० वर्षे सेवाहदको कारण अवकास लिने हुँदा गिरि र ठाडामध्ये एक जनालाई सशस्त्रको आगामी नेतृत्वको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्