Logo
Logo

‘राजा बन्न’ श्रीपेच चोर्ने प्रयास गर्दा पक्राउ



काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न प्रयास गर्ने एक जना पक्राउ परेका छन् । शुक्राबार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्तीलाई नेपाली सेनाले पक्राउ गरेको हो ।

उनले अवलोकन गर्ने बाहानामा श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए । तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको थियो ।

श्रीपेच बुलेट प्रुफ सिसाभित्र राखिएको छ । बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ भने सिसाले उनकाे हात काटिएको बताइएको छ ।

काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार घर्तिले ‘राजा बन्छु’ भन्दै श्रीपेच निकाल्न खोजेका थिए । श्रीपेचसहित श्रीपेच संरक्षणमा राखिएका सबै सिसा सुरक्षित रहेको एसएसपीले सिंहले जानकारी दिए ।

अहिले घर्ति नेपाली सेनाले नियन्त्रणमा रहेका छन् । चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्