Logo
Logo

जहाँ बन्दैछ, सेलिब्रेटी जक्शन प्वोइन्ट : सोनिकाका लागि नौलो अनुभव र चुनौती


- दृष्टि न्युज/संवाददाता


  • एमपी सुब्बा

काठमाडौं, १४ बैशाख । चर्चित भिजे तथा मोडल हुन् सोनिका रोकाया । धेरैलाई थाहा भएको र बुझेको यही हो । तर, यतिमै काफी छैनन् उनी किनकि, सोनिका एक व्यवसायिक पनि हुन् ।
दरमार्गस्थित उडल्याण्ड बिल्डिङमा एउटा बार छ अर्थात ‘लिक्विड लाउञ्ज बार’ । उक्त लाउञ्ज बारको सञ्चालकमध्येकी एक हुन् सोनिका । यो बार पछिल्लो समय नेपाली कलाकारका लागि ‘जक्शन प्वाइन्ट’ बन्दैछ । यो कुरा मोडल तथा यु–ट्युबर सोनिका पनि स्वीकार्छिन् । उनी भन्छिन्, ‘हो, अहिले लाउञ्ज बार नेपाली सेलिब्रेटीका लागि जक्शन बनेको छ ।’


उक्त लाउञ्ज बारमा सञ्चालकका रुपमा सोनिका आवद्ध भएको खाशै धेरै भएको छैन । ‘करिब दुई महिना भयो’ सोनिकाले भनिन्, ‘दुई महिना नपुग्दै सेलिब्रेटीका लागि चर्चित बन्यो । खुसी छु ।’ उनका अनुसार उक्त बारमा अधिकांश नेपाली सेलिब्रेटीले पाइला राखिसकेका छन् । यसको श्रेय सोनिका नै हुन् किनकि, उनी सेलिब्रेटीमाझ चर्चित छिन् र सोनिका आफैपनि सेलिब्रेटी हुन् ।


सेलिब्रेटीबीचको मित्रता र सम्बन्धका कारण ‘लिक्विड लाउञ्ज बार’ दरबारमार्ग क्षेत्रमा छोटो समयमै चर्चामा आएको छ । यो लाउञ्ज बारमा हरेकदिन राति एक बजेसम्म ‘लाइभ म्युजिक’ र त्यसपछि दुई बजेसम्म ‘डिजे’को मज्जा लिन पाइन्छ ।
यो त भयो ‘लिक्विड लाउञ्ज बार’को उपलब्धीको पहिलो ख्डकिलो । ती उपलब्धीजस्तै केही अप्ठ्यारा र चुनौती पनि छन् । रात्रिकालिन व्यवसायिक गर्नु आफैमा एक चुनौती हो । त्यसमाथि एकजना महिला, जो सेलिबे्रटीका लागि कस्तो होला त ? जवाफमा सोनिका भन्छिन्, ‘निकै गाह्रो र चुनौती हुँदोरहेछ । बल्ल थाहा पाउँदै छु ।’


बार सञ्चालनमा ल्याउँदा दुई करोडभन्दा बढी लगानी भएको भन्दै सोनिकाले भनिन्, ‘मलाई खाशै यो क्षेत्रमा केही अनुभव थिएन । केही व्यवसायी गरौँ भन्ने उद्देश्यले तीन जना साथी मिलेर बार सञ्चालनमा ल्याएका हाँै । तर, बार सञ्चालन गर्दा मान्छेहरुको हेर्ने दृष्टिकोण फरक हुँदोरहेछ ।’
राति प्रायः सोनिका बारमै हुन्छिन् । राति अबेरसम्म सञ्चालन हुने बारमा बसेपछि नेपाली समाजमा मान्छेले हेर्ने दृष्टिकोण कस्तो हुन्छ, त्यो यहाँ भनिरहँन पर्दैन । तर, ती सबै दृष्टिकोणलाई चिर्दै अगाडि बढिरहेको सोनिकाले बताइन् ।


‘बार नयाँ भएकाले आफै बस्ने गरेकी छु’ उनले भनिन्  । कलाकारको जक्शन प्वाइन्ट बन्नुको कारण पनि यही हो जबकि, यो बार सञ्चालनमा ल्याएसँगै म्युजिक भिडियोका कामसमेत छाडेर सोनिका यही खर्चिरहेकी छन् । र, आफू खर्चिएअनुसार उपलब्धी पनि हासिल गर्दै आएकी छन् ।
हिजोआज सोनिका रेष्टुरेण्ट व्यवसायीका रुपमा समेत चिनिन थालेकी छन् । तर, उनको लक्ष्य भने यो होइन । धनगढीबाट काठमाडौं आउँदा उनीसँग सपना थियो, फिल्ममा अभिनेत्री बन्ने । तर, उनी अभिनेत्री बनिन्, बरु अभिनेत्रीहरुलाई चर्चामा ल्याउने माध्यम अर्थात चर्चित सञ्चारकर्मी बनिन् ।


सञ्चारकर्मको यात्रातय सोनिकाका लागि अनपेक्षित थियो । उनले त्यो दिनको स्मरण गर्दै भनिन्, ‘एउटा अनलाइनबाट फेसबुक लाइभ गरिदिन प्रस्ताव आयो । त्योबेला म पत्रकारिता पढ्दैथिएँ । त्यसैले स्वीकारेँ ।’ सोनिकाले सुरुमै ‘केटिएम नेपाल’को फेसबुक पेजबाट नेपाली फिल्म ‘प्रेम गीत–२’को प्रमोशन गर्ने अवसर पाइन् । त्यसपछि एकाएक चर्चामा आएकी सोनिकाको सञ्चारयात्राले यु–ट्युब च्यानल ‘वोउ नेपाल’मा प्रवेश पायो ।


र, सोनिकाको फरक प्रस्तुतिकरण र शैलीले ‘वोउ नेपाल’ थोरै समयमै चर्चित बन्यो भने सोनिका विवादित र आलोचित हुँदै चर्चित बनिन् । तर, उनी आलोचनाहरुलाई साइट लगाउँदै अगाडि बढ्नि । सोनिका भन्छिन्, ‘म आलोचनासँग डराउँदिनँ किनकि, काम गर्ने मान्छेकै बढी आलोचना हुन्छ ।’
थुप्रै म्युजिक भिडियोहरु मोडलिङ गरिसकेकी सोनिकालाई अहिले बार सञ्चालन गर्न चुनौती छ । तर, हरेक कामको अगाडि चुनौती हुन्छ किनकि, चुनौतीबीचमै छ सफलता पनि । सोनिका भन्छिन्, ‘म हरेक चूनौतीसँग डग्मगाउने छुइन । महिला भएर पनि चुनौतीसँग लड्न सक्ने म मा आत्मविश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्