काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन् ।

सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा मङ्गलवार दिउँसो भएको भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निर्णयबारे जानकारी गराएका हुन् ।
सोमबार कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालसहितका विपक्षी दलहरूको बैठकले सङ्घीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न माग गरेको थियो ।
बैठकले सरकारको कार्यशैलीलगायतका विषयमा छलफल गर्न संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो । सोही निर्णयबारे आङ्देम्बेले सभामुख अर्याललाई जानकारी गराएका हुन् ।
















