Logo
Logo

विवादमा मुछिएपछि न्यायाधीश हरि फुयाल बिदा बसे


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । तिहार बिदापछि मात्रै अदालतमा फर्किनेगरी उनले आज (मंगलबार) शुक्रबारसम्म बिदा लिएका हुन् । शुक्रबारपछि तिहार बिदा शुरु हुन्छ । आगामी साताभर तिहारका कारण सार्वजनिक बिदा छ । सर्वोच्च अदालत प्रशासनका अनुसार ३० कार्तिकमा अदालत हाजिर हुनेगरी उनले बिदा लिएका हुन् ।

उच्चपदस्थ अधिकारीहरुसँग सेटिङको प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग होटल हिमालयमा भेटेको विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालमाथि प्रश्न उठेको थियो । त्यो विवरण सार्वजनिक भएपछि उनले विज्ञप्ति जारी गरेर आफूले सापकोटालाई भेटेका कारण विचाराधीन मुद्दा प्रभावित नभएको स्पष्टीकरण दिएका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000