Logo
Logo

पल र कविताको प्रेमिल भाव (भिडियोसहित)



काठमाडौं । गायक नरेश जोगी र अन्नु चौधरीको थारु भाषाको गीत ‘ओ सजन’ बोलको गीत सार्वजनिक भएको छ । पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वयंम नरेशको शब्द तथा संगीत रहेको छ । यस गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका छन् ।

यस म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र कविता राय फिचर्ड छन् । पल र कवितासँगै कृष्ण जोशीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ । थारु भाषाको ‘ओ सजन’ गीतको म्युजिक भिडियो संवादसहित बनाइएको छ ।

विभिन्न भाषा, भेषभुषाको कामबाट दर्शकलाई म्युजिक भिडियोमा जोडिरहेका पलले फेरी आफ्ना दर्शकलाई फरक टेस्ट दिएका छन् । यस गीतको भिडियोको बारेका बोल्दै पलले भने ‘मलाई नेपालको सबै जातिको भाषा र भेषभुषामा काम गर्ने मन छ ।’

बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको म्युजिक भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ । म्युजिक भिडियोमा पल र कविताको जोडी पनि जमेको छ । यो म्युजिक भिडियोको छायांकन अभिनेता पल शाहकै गृह जिल्ला दाङमा भएको थियो । यस म्युजिक भिडियोमा अर्जुन तिवारीको टिमको सिनेमाटोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्