Logo
Logo

पानी परेपछि सारियो कांग्रेसको बन्द सत्र


756
Shares

काठमाडौं । वर्षाका कारण प्रभावित भएको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र ४ बजेलाई सारिएको छ।

The current image has no alternative text. The file name is: nepali-congress-4.jpg

बिहान साढे १० बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रलाई खाजा समयपछि गर्ने भनी साढे ११ बजेदेखि सुरु गर्ने तयारी भएको थियो।

तर अचानक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै ४ बजेलाई सारिएको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेशराज आचार्यले बताए।

बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिएको छ।

बन्द सत्रको लाइभ नेपाली कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण हुने र अन्य मिडियाहरूले समेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउने छन् ।

भोलि बिहान मतदान हुँदै छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000