Logo
Logo

ईपीएल : ललितपुरमाथि काठमाडौंको सानदार जित



काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौंले सानदार सुरुवात गरेको छ । शनिबार भएको
उद्धघाटन खेलमा काठमाडौंले ललितपुर प्याट्रियट्र्सलाई ७ विकेटले पराजित गरेको हो ।

काठमाडौंलाई सानदार जित दिलाउनको लागि बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लको उत्कृष्ट प्रदर्शन गरे ।

ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौंको जितमा जिम्बाब्बेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे ।

ओपनर सुवास भने खकुरेल पहिलो ओभरमा खाता नखोली रनआउट भए । अमित श्रेष्ठ दोस्रो ओभरमा ४ रन बनाएर रनआउट भएका थिए ।

तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रामक ब्याटिङ गर्दै काठमाडौंको इनिङ्स सम्हाले । गुर्बाज र रायन बर्लले ७६ रनको साझेदारी गरे । गुर्बाजले ३६ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ५९ रन बनाए ।

११ औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंको स्कोर ८८ पुगेको थियो । त्यसपछि बर्लले आक्रामक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाए ।

बर्लले राजु रिजालसंग चौथो विकेटका लागि अविजित ७२ रनको साझेदारी गर्दै काठमाडौंलाई जितसम्म पुर्‍याए ।

बर्लले ३४ बल खेल्दै ३ चौका र ७ छक्का मद्दतमा अविजित ७३ रन बनाए । बर्लले १५ औं ओभरको दोस्रो बलमा ललितपुरका कप्तान कुशल भुर्तेललाई चौका प्रहार गर्दै काठमाडौंलाई जित दिलाए । राजुले १३ बल खेल्दै २ चौका मद्दतमा अविजित १९ रन बनाए ।

ललितपुरका पवन सर्राफले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियाे । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाएका थिए । सरार्फले ४४ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिएका थिए ।

योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्का सहित ३३ रनको योगदान दिए । पवनले ४० अर्धशतक प्रहार गरेका थिए । पवनले १५ औं ओभरको चौथो बलमा गुलशन झालाई चौका र पाँचौ बलमा एक रन बटुल्दै आफ्नो अर्धशतक पूरा गरेका थिए ।तल्लोक्रममा नारायण जोशी ४ बलमा ३ चौका सहित १२ रनमा शाहिद अफ्रिदीबाट क्याच आउट भए । मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहेका थिए ।

काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । रायन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्सन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिए पनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्