Logo
Logo
एमाले केन्द्रीय कमिटी बैठक

ओलीसहित दस्तावेज पेश गर्ने नेताले जवाफ दिँदै



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । तीन दिनदेखि जारी आजको बैठकमा समूहगत भएको छलफलबाट आएका सुझाव एवं प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा बिभिन्न १० टोलीका टोली नेताले समूहमा आएको सुझाव प्रस्तुत गरिसकेका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेपछि १० वटा समूह गठन गरी छलफल भएको थियो ।

एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा आएका सुझाव तथा प्रश्नहरुको बारेमा अध्यक्ष सहित दस्तावेज प्रस्तुत गर्ने नेताले जवाफ दिने कार्यक्रम रहेको बताए ।

केन्द्रीय कमिटी बैठक बस्नुभन्दा अघि आजै स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकमा १० बुँदे प्रस्तावका साथै केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको बारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्