Logo
Logo

राजस्वका बिसी तानिए



काठमाडौं । राजस्व अनुसन्धान विभाग बुटवलका प्रमुख राजन विसीलाई विभागले सरुवा गरेको छ । भदौ ५ गते सशस्त्र प्रहरी बल बेलहियाले पक्राउ गरेको नक्कली स्टिकरको छानबिनमा लापरवाही गरेको आशंकामा बिसीलाई विभागले काठमाडौं सरुवा गरेको हो ।

सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा सीमा क्षेत्रको एउटा घरमा लुकाइराखेको नक्कली स्टिकर गाडी र दुई जना व्यक्तिलाई पक्राउ गरी राजस्व अनुसन्धान विभाग बुटवलमा पठाएको थियो ।

अनुसन्धानको क्रममा धेरै प्रमाणहरु जुटे पनि नक्कली स्टिकरका मालिक जोगाएको आशंका बिसीमाथि छ । त्यसैले बिसीलाई विभागमा सरुवा गरिएको बुझिएको छ ।

राजस्व अनुसन्धानले घटनालाई अन्यत्र मोड्न भैरहवास्थित माउन्ट एभरेष्ट डिष्टिलरीमा छापा हानेर नाटक गरेको उद्योगीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्