Logo
Logo

नेपाल-चीन सीमा समस्या अध्ययन टोलीको प्रतिवेदन गृमन्त्रीलाई बुझाइयो



काठमाडौं । हुम्लामा नेपाल–चीनबीचको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।

मन्त्री खाँणले समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता जनाए । प्रतिवेदन बुझ्दै मन्त्री खाँणले भने– ‘स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ । अध्ययनमा यहाँहरूले औल्याउनुभएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’

हम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्ने टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्