Logo
Logo

आईसीसीको अध्यक्ष फेरि जय शाह


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रोपटक अध्यक्ष पदमा नियुक्त गरेको छ । उनी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

आईसीसीका अनुसार बालीमा आयोजित बोर्ड र समितिको बैठकमा आईसीसी निर्देशकहरूले गरेको प्रस्तावबमोजिम जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त गरिएको हो । 

यो निर्णयले जय शाहको नेतृत्वमा आफ्नो विश्वास झल्काउने र क्रिकेटको भविष्यका योजना अगाडि बढाउन निरन्तरता दिने आईसीसी बोर्डको भनाइ छ ।

दोस्रोपटक अध्यक्ष बनेपछि जय शाहले आईसीसी बोर्डले देखाएको विश्वासले आफूलाई गर्व महसुस बताएका छन् । उनले यसका लागि सबैप्रति आभार व्यक्त गरेका छन् । उनले भनेका छन्  ‘आईसीसी अध्यक्षका रूपमा सेवा गर्न पाउनु सम्मानको कुरा हो र योसँगै जिम्मेवारी पनि जोडिएर आउँछ।’

३८ वर्षीय जय शाह पहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव थिए । उनले सुरुमा डिसेम्बर २०२४ मा आईसीसी अध्यक्षको पद ग्रहण गरेका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000