Logo
Logo

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह


- दृष्टि न्युज/संवाददाता


राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइन्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्दै । तस्वीर : रासस

बेइजिङ, १५ वैशाख । चीनको राजकीय भ्रमण रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार चिनियाँ व्यापारिक शेयर बजार ‘चाइना कमरसियल स्टक इन्टरप्राइजेज’को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुखलगायतसँग भेटवार्ता गरेकी छन् ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पु¥याएको बताइन् । उनले नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक विकास गर्नैपर्ने आवश्यकता बढेको र लगानीका लागि उचित वातावरण भएकाले लगानी गर्न आग्रह गरिन् ।
चिनियाँ पक्षबाट मञ्चमा व्यापार, दुई मुलुकबीच सहयोग र लगानीका विषयमा छलफल हुने जानकारी दिइयो । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, नेपाल सरकारका उच्चअधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्