Logo
Logo

रुसी र अमेरिकी कूटनीतिज्ञ बीच जेनेभामा गोप्य वार्ता



एजेन्सी । रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् ।

अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो ।

अमेरिकी विदेश विभागका भेन्डी शर्मन र रूस को उपविदेश मन्त्री सर्गेई र्याबकोभबीच नियमित भेटघाट र वार्ताको अपेक्षा गरिएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि रुसको मिसनका एक सदस्यका अनुसार बिहान १० बजे वार्ता
शुरू भएको थियो ।

विदेश विभागको निशस्त्रीकरण प्रमुख बोनी जेनकिन्सका अनुसार वासिङ्टनटनले जेनेभामा हुने वार्ताबाट ठोस कदम चाल्ने अपेक्षा गरेको छ र यो वार्ता त्यसका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।

स्विस समाचार एजेन्सी एटीएसले उक्त छलफलले निशस्त्रीकरणका अतिरिक्त दुबै पक्षले नयाँ प्रविधि, अन्तरिक्ष र कृत्रिम बुद्धिमत्ताको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ।

रूसको संयुक्त राष्ट्रसंघ मिसनमा बिहीबार आयोजित वार्ता जुलाई को अन्त्यमा अमेरिकाद्वारा आयोजित हातहतियार नियन्त्रणमा केन्द्रित वार्तापछि भएको हो ।

गत जुन १६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन र रुसी समकक्षी पुटिनले उक्त छलफल केही मतभेदका बीच पनि महत्त्वपूर्ण रहेको बताएका थिए ।

तत्कालीन शीतयुद्धको चरम अवस्थामा पनि मस्को र वाशिंगटन द्वन्द्व चर्किन नदिन निरन्तर सम्पर्कमा थिए ।

प्रतिक्रिया दिनुहोस्