Logo
Logo

एमाले प्रदेश २ कमिटीका २५ सदस्यद्वारा सामूहिक राजीनामा



काठमाडौं । नेकपा (एमाले) प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने सबै नेता प्रभु साह निकट हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ८ बुँदे माग पेश गरेका साहको माग सम्बोधन नभएपछि उनीहरुले सामूहिक राजनीनामा दिएका हुन् । गत असोज ११ गते एमाले प्रदेश २ का अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै २७३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेका थिए ।

एमाले प्रदेश २ का सदस्यहरु उपेन्द्र साह, मनोज कुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, सियाराम कुशवाहा, कविता साह, रामअधार कापड़, राजकुमार यादव, शिव पुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिव कुमार कापड, रामसिंह यादव, ईस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो. सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, राश नारायण राय र सन्तोष मेहताले संयुक्त राजीनामा दिएका छन् ।

‘हामीले नेकपाकैं निरन्तरताको रुपमा बुझ्दैं आएको नेकपा (एमाले)मा हाम्रो पक्षको आम मनोविज्ञान र अहिलेको वस्तुगत आवश्यकतालाई प्रतिनिधित्व गर्दै हाम्रो आदरणीय नेता क. प्रभु साहज्यूले राख्नुभएको ८ बुँदे मागलाई नजरअन्दाज गर्ने तर हाम्रो अनुहारको निरन्तर व्यापार गरिरहन हाम्रो सहमति बिना नै कमिटीमा केहि मान्छेको मात्र नाम राखी हामी भित्रै भ्रम र फुटको स्थिति सिर्जना गर्ने, वरिष्ठ कमरेडहरुलाई छोडेर÷निषेध गरेर कनिष्ठलाई कमिटीमा राख्ने काम भयो । यो पार्टीको हित विपरित छ ।’ २५ जना सदस्यले दिएको संयुक्त राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

कम्युनिष्टमा योगदान गरेका व्यक्तिहरुलाई अवसर दिइनुपर्नेमा राजा महाराजाको शैलीमा विधि प्रक्रियाको ख्यालै नगरी चाकडी गर्नेहरुलाई मात्र अवसर दिइनु गलत रहेको उनीहरुको राजीनामा पत्रमा उल्लेख छ ।

यस्ताे छ राजीनामा पत्र

प्रतिक्रिया दिनुहोस्