Logo
Logo

डोल्पामा सुरुङ खनेर भागेका ४ कैदी समातिए, ४ अझै फरार


0
Shares

काठमाडौं । डोल्पा कारागारबाट फरार भएकामध्ये चार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा २९ वर्षीय कालीप्रसाद रोकाया, १९ वर्षीय कैलाश भन्ने कपिल परियार, ३२ वर्षीय रामबहादुर बिक र २८ वर्षीय रेशम राना रहेका छन् ।

रोकाया जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका र परियार चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय तोकिएका कैदी हुन् । विक र राना भने जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका थिए ।

गत शुक्रबार राति डोल्पा कारागारमा सुरूङ खनेर ८ जना कैदी भागेका थिए । जसमध्ये ४ जना अझै फरार छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000