Logo
Logo

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि तनावग्रस्त



धरान । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा–५ का मोहम्मद हकिम साहको अनुसन्धानको क्रममा प्रहरी हिरासतमै मृत्यु भएको छ । प्रहरीले भने उनले आत्महत्या गरेको जनाएको छ ।

तर, पीडितका परिवार र आफन्तले प्रहरीले सुनियोजित रुपमा हत्या गरेको आरोप लगाउँदै विरोधमा उत्रिएपछि दोहोरो झडप भएको छ । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् । अहिले प्रहरी कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा सरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्