Logo
Logo

मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो



बुटवल । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो ।

सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले बताए ।

बुटवल औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेक्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतित्रमण भएको थियो ।

१ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो । प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिदैं आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।

घाइतेमध्ये एकजनाको टाउको र एकजनाको छातीमा गोली लागेको बताइएको छ । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् ।

२०७२ मा मोतीपुरमा औधोगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेर सरकारले केही समयअघि शिलान्यास गरेको थियो । औधोगिक क्षेत्र निर्माणस्थलमा अतिक्रमण गरेर टहरा बनाएर बसेकाहरुलाई हटाउन खोज्दा झडप भएको डीआईजी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्