Logo
Logo

मुख्यमन्त्रीले विश्वासको मत नलिई बागमती प्रदेशसभा स्थगित



हेटौडौं । बागमती प्रदेशको बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभाको बैठकमा टेबल गरेकी छन् ।

तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको हो । अब त्यसमाथि छलफल र मतदान त्यही बेला हुनेछ।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि नेकपा एमाले बागमती प्रदेश संसदीय दलकी नेता शाक्य मुख्यमन्त्री भएकी थिइन् ।

पार्टी विभाजनसँगै बागमती प्रदेशमा एमालेका १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी छन् ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक प्रावधान छ ।

मुख्यमन्त्री शाक्यले गत भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्