Logo
Logo

बझाङमा दुई जना बच्चाको शव भेटियो, २१ जना अझै बेपत्ता



महेन्द्रनगर । बाढीपहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जना बच्चाको शव भेटिएको छ । उनीहरुको पहिचान भने खुल्न सकेको छैन ।

थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका भने ‘दुई जना बच्चाको शव निकालेका छौँ । उनीहरुमध्ये एक जनाको शरिरको आधा भाग मात्रै छ, खोलामा अर्को मानिसको खुट्टा देखिएको खबर आएको छ ।’

पहिरोमा पुरिएकाको उद्धार तथा खोजबिनका लागि नेपाली सेना र शसस्त्र प्रहरीको टोली हेलिकोप्टरबाट केहीबेर अघि घटनास्थलमा पुगेको छ ।
थलारा गाउँपालिका–४ डिक्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरे कार्की पाँच जना रहेका छन् ।

गाउँभन्दा माथि ढोगदिना बाट पहिरो झर्दा गाउँ विस्थापित भएका छन् भने सात घर पुरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्