Logo
Logo

संघीय संसद्को अधिवेशन अन्त्यको तयारी


0
Shares

काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन अन्त्यको तयारी थालेको छ ।

असोज १५ गतेसम्मको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएको छ । त्यसपछि एक वा दुई वटा बैठक राखेर संघीय संसद्को अधिवेशन अन्त्यको तयारी भएको हो ।

यसबीचमा प्रतिनिधिसभामा रहेका विधेयकहरू दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाउने गरी सम्भावित कार्यसूची तय भएको छ । यसबीचमा केही विधेयक आयो भने पनि त्यसलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएर अधिवेशन अन्तय गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्