Logo
Logo

कांग्रेसले आलोपालोको आधारमा सरकारको नेतृत्व माग्यो



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर क्रस’ गर्ने हल्ला चलेपछि राजनीतिमा नयाँ तरंग पैदा भएको छ । यद्यपि, आफ्ना सांसदले ‘फ्लोर क्रस’ नगर्ने नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले बताएका छन् । कांग्रेसले एकजुट भएर प्रस्तावको विपक्षमा मतदान गर्ने कोइराराले बताएका छन् ।

नेता कोइरालाले विश्वासको मतको विपक्षमा मतदान गर्ने भने पनि अर्को सर्त अघि सारेका छन् । प्रदेश १ मा कांग्रेसले आलोपालोको आधारमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गरेको हो । उनले भने ‘हामी प्रतिवद्ध छौं । कांग्रेसले एकमत भएर प्रस्तावको विपक्षमा मतदान गर्नेछ । तर, आलोपालोको आधारमा सरकारको नेतृत्व गर्न पाउनुपर्छ ।’

उनले बगमती प्रदेशका लागि भएको सहमतिलाई आधार मान्दै भने– ‘बागमती प्रदेश र प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति बनेकै हो । तर बागमतीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । त्यसैले प्रदेश १ मा पनि आलोपालो हुनुपर्छ ।’

बगमती प्रदेशमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालोका आधारमा सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । त्यसैगरी कांग्रेसले कर्णाली प्रदेशमा पनि आलोपालोको आधारमा सरकारको नेतृत्व मागिरहेको छ ।

आजको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्तावमा छलफलमा कायर्तसूची तय भइसकेको अवस्थामा कांग्रेसले यस्तो सर्त अघि सारहेको हो ।

यबसैबीच, कांग्रेस र एमालेले बैठक रोक्न माग गरेका छन्गर । एमालेले १५ गतेमात्रै बैठक संचालन हुनुपर्ने माग गरेको छ भने एमालेले सरकारको नेतृत्व आलोपालको आधारमा गर्ने सहमति भएपछि मात्र बैठक बस्नुपर्ने लाइन लिएको छ ।

प्रतिक्रिया दिनुहोस्