काठमाडौं । प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको फूलकोर्ट अन्य न्यायाधीशहरूले बहिस्कार गर्ने भएका छन् ।
प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनसहित बोलाएको फूलकोर्ट न्यायाधीशरुहले बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
१४ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
जबराले आइबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा सोमबार फूलकोर्टको बैठक बोलाउने र त्यहाँ छलफल गर्ने सुनाएका थिए ।