Logo
Logo

काठमाडौँका छुट्टाछुट्टै स्थानमा २ जना मृत भेटिए


504
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् ।

काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै, ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबहादुर तामाङको घरको आँगनमा ललितपुर महानगरपालिका–२२ का ३५ वर्षीय गोविन्द तामाङ मृत अवस्थामा फेला परेका जनाइएको छ । उक्त घटनाका सम्बन्धमा प्र्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता, काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका ३७ वर्षीय सागर तामाङसहित ६ जनालाई कौडा खेलिरहेको अवस्थामा गए राति पक्राउ गरिएको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा र रु तीन लाख ६३ हजारसहित पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्