Logo
Logo

शाही एकीकृत समाजवादी कर्णाली प्रदेश दलको नेता चयन



काठमाडौ । नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशसभा संसदीय दलका नेतामा चन्द्रबहादुर शाहीलाई चयन गरेको छ ।

मुगु प्रदेशसभा क्षेत्र (क)बाट प्रत्यक्ष निर्वाचित शाही पार्टीको पोलिटब्युरो सदस्य र प्रदेशको सहइञ्चार्ज पनि हुन् । संसदीय दलले नेता शाहीका नेतृत्वमा तीन मन्त्रालय लिने गरी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

नेता शाहीले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर तिहारलगत्तै आफ्नो पार्टी सरकारमा जाने जानकारी दिए । ३५ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीका तीन सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्