काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी छोडेर हिँडेका नेताहरु पुनः फर्केर आउने विश्वास व्यक्त गरेका छन् । उनले बाबुराम, किरण, विप्लवलगायतका नेताहरुलाई नेकपा माओवादीनै फर्कने बताएका हुन् ।

शुक्रबार विप्लव समूहबाट माओवादीमा आएकालाई स्वागत गर्न आयोजित आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘बुवाआमासँग झगडा गरेर हिँडेको छोरो बेलुकीपख जसरी पनि घर फर्किन्छ । उ नफर्किएसम्म बुवाआमालाई दिनभरि त्यही छोराको चिन्ताले सताउँछ । मलाई पनि त्यस्तै भएको छ ।’
उनले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित भएर नेपाली क्रान्तिलाई मौलिक तरिकाले अगाडि लैजानुपर्नेमा जोड दिए । पार्टी प्रवेश गर्नेलाई धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले भने, ‘तपाइँहरुले सही निर्णय लिनुभएको छ । अरु पनि चाँडै ब्यूँझिनेछन् । बाबुरामजी, किरणजी, विप्लवजी पनि यसरी नै आउनुहुन्छ भन्ने विश्वास छ ।’














